Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाललाई विद्युतीय सवारीसाधनको युगमा प्रवेश गराउने कुलमान घिसिङको प्रतिबद्धता

  •   १ वर्ष अघि | ३० भदौ २०८२, सोमवार

भदौ ३०, काठमाडौँ । नयाँ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका पूर्वाधारहरू तत्काल पुनर्निर्माण गर्ने र नेपाललाई विद्युतीय सवारीसाधनको युगमा प्रवेश गराउने प्रतिबद्धता जनाएका छन्।

सोमबार पदभार ग्रहण गर्दै मन्त्री घिसिङले विद्युतीय सवारीको प्रवर्द्धन र यससँग सम्बन्धित चुनौतीहरू समाधान गर्न सात दिनभित्र कार्यदल गठन गर्ने निर्णय गरेका छन्।

उनले विद्युत् खपत बढाउनका लागि इन्धनमा चल्ने सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्नु आवश्यक रहेको बताए। साथै, यस्तो रूपान्तरणलाई सहज बनाउन आवश्यक पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने धारणा राखे।

  • न्युज बहार संवाददाता

थप