पुस २८, काठमाडौँ । ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई नेपाल विद्युत
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण बुझाएका छन्।
उनले आज आइतबार
मन्त्रालयमा स्पष्टीकरण बुझाएका हुन्।
ऊर्जा, जलस्रोत
तथा सिँचाइ मन्त्रालयले गत सोमबार अर्थात पुस २२ गते घिसिङको नियुक्ति किन अन्त्य नगर्ने भन्दै स्पष्टीकरण सोधेको
थियो ।
उनले
बुझाएका उक्त स्पष्टीकरणमा उनले आफूलाई विधि अनुसार हटाउन नमिल्ने दाबी गरेका छन्।
- न्युज बहार संवाददाता