Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मेरो राजनीतिक क्यारियर समाप्त पार्ने केपी ओलीको नियत हो: माधवकुमार नेपाल

  •   १ वर्ष अघि | २३ जेष्ठ २०८२, बिहिबार

जेठ २२, काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक करियर समाप्त पार्न लागेको प्रतिक्रिया नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले दिएका छन् । 

अख्तियारले आज बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् । 

यस विषयमा अध्यक्ष नेपालले भने, ‘मेरो नियत भ्रष्टाचार गर्ने होइन, म बाट भ्रष्टाचारका लागि आदेश दिने काम भएको छैन, मेरो राजनीतिक क्यारियर समाप्त पार्ने केपी ओलीको नियत नै हो, पहिला पनि उहाँले पटकपटक यस्तै कोशिस गर्नुभएको हो, उहाँ बदलाको भावनाबाट चलिरहनुभएको छ।’

  • न्युज बहार संवाददाता

थप