जेठ ३१, विराटनगर । भिजिट भिसा र अग्नी सापकोटाको विषयमा कुनै साइनो नरहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताएका छन्।
आज शनिबार विराटनगर पुगेका प्रचण्डले विमानस्थलमा पत्रकारहरूसँग
कुराकानीमा गर्दै भिजिट भिसामा अग्नी सापकोटा साटिएको भनेर गलत प्रचार गरिएको बताएका हुन्।
उनले यो दुबै छुट्टाछुट्टै विषय रहेको जनाएका छन्।
यस विषयमा उनले भने 'अग्निसँग साटेको कुरा विल्कुल
गलत कुरा हो, वाइयात कुरा मानिसहरूले प्रचार गरिराखेका छन्, त्यस्तो होइन, यो
कुरा र अग्निको कुनै साइनो सम्बन्ध छैन।'
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले शुक्रबार
माओवादी केन्द्रले अग्नी सापकोटाको मुद्दासँग भिजिट भिसा प्रकरण साटेको भनेर आरोप
लगाएका थिए।
- न्युज बहार संवाददाता