Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जाबो एउटा शिक्षा ऐन ल्याउन नसक्ने यो सरकारले देश चलाउँछ भन्नु दिवास्वप्न जस्तै भयो : ज्ञानेन्द्र शाही

  •   १ वर्ष अघि | १६ बैशाख २०८२, मङ्लबार

वैशाख १६, काठमाडौँ । सरकारी विद्यालय पढ्ने गरिबका छोराछोरी पढ्नबाट वञ्चित भएको राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बताएका छन् । शाहीले आज मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शिक्षकदेखि विद्यार्थी आन्दोलनसम्मको नाममा सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरू मारमा परिरहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन । 

शाहीका अनुसार धनीका छोराछोरी अहिले आरामले महँगो स्कुलमा पढ्न पाइरहेको तर गरिबका छोराछोरीले शिक्षक आन्दोलनका कारण पढ्न पाएका छैनन् । 

उनले आक्रोश पोख्दै यस विषयमा भने ‘पटक पटक सरकार फेरियो, जाबो एउटा शिक्षा ऐन ल्याउन नसक्ने यो सरकारले यो देश चलाउँछ भन्नु पनि दिवास्वप्न जस्तो भएको छ, सरकारले यो विषय हल गरोस्।’

 

  • न्युज बहार संवाददाता

थप