असार ३१, काठमाडौँ । सरकारले आज प्रतिनिधिसभामा प्रस्तुत गर्न लागेको ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विरोध जनाएकी छिन् ।
आइतबार उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै सो विधेयकमा भएको प्रावधान नेपालको संविधान र नेपालले गरेको अन्तर्राष्ट्रिय सम्झौता विपरित रहेको उल्लेख गरेकी छिन।
उनले ऊक्त विधेयकको बारेमा प्रश्न गर्दै भनिन – ‘हामीले कस्तो नेपाल परिकल्पना गरिरहेका छौँ र हामीले धेरै अन्तराष्ट्रिय कानुनहरुमा सहि समेत गरेका छौँ, यो विधेयक त्यसको विपरित पनि छ।’ उनले पुन प्रश्न गर्दै भनिन ‘राजनीतिक रुपमा कसलाई बचाउनका लागि ल्याएको हो यो विधेयक ? इटा भट्टामा जिउँदै जलाउनेलाई बचाउन ल्याइएको हो ? कि भाला रोपेर हत्या गर्नेलाई बचाउन ल्याइएको हो ?’
- न्युज बहार संवाददाता