Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आगामी निर्वाचनमा दलहरूबिच गठबन्धन गर्न नमिल्ने कानुनी व्यवस्था गर्न आवश्यक छ : रवि लामिछाने

  •   ३ वर्ष अघि | १५ कार्तिक २०८०, बुधबार

कार्तिक १५, काठमाडौँ । आगामी निर्वाचनका बेला राजनीतिक दलहरूबिच गठबन्धन बनाउन नमिल्ने कानुनी व्यवस्था गर्न आवश्यक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलका क्रममा लामिछानेले आज बुधवार प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सो सम्बन्धी कानुनी प्रावधान राख्न आवश्यक रहेको बताएका हुन । 

उनले भने– ‘चुनावपछि सरकार बनाउन दलहरूबिच गठबन्धन हुनु सामान्य कुरा हो तर चुनाव जित्नकै लागि गठबन्धन बनाउने कुरा त राजनीतिक कार्टेलिङ भयो।’

उनका अनुसार एउटा दलको व्यक्तिले अर्को दलको चुनाव चिन्ह लिएर समेत चुनाव लडेको छ त्यसेले अबको चुनावमा गठबन्धन बनाएर चुनाव लड्न नपाउने कानुनी व्यवस्था गर्न आवश्यक रहेको छ ।’

  • न्युज बहार संवाददाता

थप