Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

निर्दोष साथीहरुलाई कहीँ कतै अप्ठेरो पार्ने कोशिस हुन्छ भने त्यो बेला सिंगो पार्टी एकजुट हुनुपर्छ : गगनकुमार थापा

  •   २ महिना अघि | २६ जेष्ठ २०८१, शनिबार

जेठ २६, काठमाडौँ । अदालत र संवैधानिक निकायलाई प्रभावित पार्ने र आफ्ना पार्टीका नेता कार्यकर्तामाथि घेराबन्दी गर्ने कोशिस भइरहेको नेपाली कांग्रेसका महामन्त्री तथा संसद गगनकुमार थापाले बताएका छन् ।

उनले आज शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा अदालत र संवैधानिक निकायलाई फकाउने, तर्साउने र लोभ्याउने परिपाटी देखिएको बताएका छन ।

उनले भने, ‘अड्डालाई प्रभावित गर्ने, अदालतलाई प्रभावित गर्ने, संवैधानिक निकायलाई प्रभावित गर्ने, ती सबैलाई तर्साउने, लोभ्याउने, फकाउने जुन परिपाटी हामी पछिल्लो समय देख्दै गइरहेका छौँ, कांग्रेसका साथीहरुलाई एक पछि अर्को, कुनै न कुनै ढंगबाट घेराबन्दी गर्ने प्रपञ्च देखिरहेका छौँ।’

उनले अघी भने ‘निर्दोष साथीहरुलाई कहीँ कतै अप्ठेरो पार्ने कोशिस हुन्छ भने त्यो बेला सिंगो पार्टी एक ठाउँमा आएर पार्टीले बोल्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट रहेका छौँ ।

  • न्युज बहार संवाददाता

थप