जेठ २०, काठमाडौँ । संसदमा प्रतिपक्षीले राखेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर हुनुपर्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।
महामन्त्री
शर्माले आज नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको
कमजोरी उठान गर्नु प्रतिपक्षी दलको कर्तव्य भएकाले उनीहरूले राखेको विषयलाई
प्रधानमन्त्रीले गम्भीर भएर संवाद गर्नुपर्ने बताएका हुन् ।
उनका
अनुसार भिजिट भिसा प्रकरणमा गहिरोसँग अनुसन्धान हुनुपर्ने र त्यसमा मुछिएका सबैमाथि
छानबिन हुनुपर्छ ।
अख्तियारले
यस प्रकरणमा गृहमन्त्रीमाथि अनुसन्धान गरेको खण्डमा स्वाभाविक रूपमा गृहमन्त्रीले पद
त्याग गर्नुपर्ने हुन्छ तर अहिले गृहमन्त्रीमाथि नभइ कर्मचारीमाथि मात्रै
अनुसन्धान भइरहेको उनले उल्लेख गरेका छन ।
- न्युज बहार संवाददाता