पुस २, काठमाडौँ। एनसेलले कर छलेको पाइए
सरकारले नछाड्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले चेतावनी दिएका छन् ।
आज सोमबार
नेपाली कांग्रेस नुवाकोटको सम्मेलनमा बोल्दै उनले एनसेलबारे सरकारले छानविन समिति
बनाएको र करछली गरेको पाइए नछाड्ने बताएका हुन । ‘किनबेच अर्थ मन्त्रालयले हेर्दैन’, उनले भने, ‘प्राधिकरणले हेर्छ, त्यसको छानविन हुँदैछ।’
पूर्वमहालेखापरीक्षक
टंकमणि शर्माको संयोजकत्वमा सरकारले एनसेल खरीद–बिक्रीबारे छानविन गर्न पाँच
सदस्यीय समिति गठन गरेको छ । त्यस समितिमा अर्थ मन्त्रालयका सहसचिवहरु समेत रहेका
छन् । छानविन समितिलाई एक महिनाको समय दिइएको छ ।
- न्युज बहार संवाददाता