असोज ६, काठमाडौँ
। आफूले केही नबिराएको र नडराएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि
लामिछानेले बताएका छन्। उनले आज आइतबार राति पार्टी कार्यालयमा पत्रकारमाझ बोल्दै आफूमाथि
किन प्रहार भएको हो र किन प्रहार भइरहेको छ नबुझेको समेत बताएका छन ।
यस
विषयमा उनले भने ‘रवि
लामिछाने मान्छे बेचेर राजनीतिमा आएको हैन मान्छे बचार आएको हो।
त्यसैले म
नडराएर र शिर ठाडो गरेर छाति ठड्याएर बसेको छु।”
यसै
क्रममा रास्वपा सभापति रवि लामिछानेले नेपाली कांग्रेस महामन्त्री गगन थापा लक्षित
टिप्पणी पनि गरेका छन्। उनले आफूलाई प्रतिशोध साँधिएको र गगनको राजनीतिक भविष्य
जोगाउन खोजिएको बताएका छन । उनले सञ्चारकर्मी र समर्थकहरूमाझ
बोल्दै मिडिया ट्रायल गरेर आफूलाई सक्दै नसक्ने समेत बताएका छन ।
उनले भने ‘कसैको
राजनीति बचाइदिन मलाई बलिको बोको बनाइयो र प्रतिशोध
साँधियो।’
- न्युज बहार संवाददाता