बैशाख ६,
पोखरा । सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता नभएको गृहमन्त्री रमेश लेखकले
बताएका छन् । गृहमन्त्री लेखकले आज शनिबार पोखरामा प्रेस युनियन कास्कीले आयोजना
गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेस र एमालेका बिचमा कुनै
समस्या नभएको जानकारी गराएका छन ।
गठबन्धन
सरकारका बारेमा गृहमन्त्री लेखकले भने, ‘काम गर्दै जाँदा केही विषय आए
छलफल गर्छौं र निराकरण गरिन्छ छ।’ यस विषयमा उनले भने ‘सरकार बदलिन्छ भन्ने
हल्लामा सत्यता छैन, हामी छलफलबाटै सम्बोधन गरेर सहमतिमै अघि बढ्छौँ।’
लेखकका
अनुसार गभर्नर नियुक्तिको विषयले पनि सरकारलाई अप्ठ्यारो पर्ने छैन ।
- न्युज बहार संवाददाता