फागुन
२१, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई
सरकारले जबरजस्ती हटाए सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी राप्रपाका प्रमुख सचेतक
ज्ञानेन्द्र शाहीले दिएका छन् ।
सांसद
शाहीले आज बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै विधिको शासन सत्तारुढ दल र
सरकारबाटै उल्लङ्घन हुने गरेको बताएका हुन ।
शाहीका
अनुसार अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान
घिसिङलाई हटाउने र शून्य अङ्क दिएर षड्यन्त्र गरिएको हो ।
- न्युज बहार संवाददाता