कार्तिक
२७, काठमाडौँ । तिहार लगायतका पर्वहरूले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं
सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार
पार्न महत्त्वपूर्ण भूमिका रहने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वास व्यक्त गरेका छन् ।
उनले आज सोमबार
तिहार पर्वको शुभकामना वक्तव्य जारी गर्दै नेपाल बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक, विशेषता एवं अथाह प्राकृतिक सम्पदा र
सभ्यताहरूको संगमस्थलका रूपमा रहेको भन्दै विविधतायुक्त हाम्रा संस्कार, संस्कृति र पर्वहरू राष्ट्रका साझा
सम्पत्ति मात्र नभएर देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सुत्रमा
बाँध्ने महत्त्वपूर्ण आधारहरूसमेत भएको बताएका छन् ।
- न्युज बहार संवाददाता