चैत
२०, काठमाडौँ। नेपालमा चुनाव र उपचुनाव नेताहरूलाई जसरी पनि सत्तामा पुर्याउने
भर्याङ बन्न लागेको टिप्पणी नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गरेका
छन्।
आज ट्वीट गर्दै अध्यक्ष भट्टराईले चुनाव केही वर्ष र महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड नभएको बताएका छन।
उनले जनताद्वारा जनताका निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर चुनाव भएपनि पछिल्लो समय केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्याङ बन्दै गइरहेको र यसलाई रोक्नुपर्ने बताए।
मंसिरमा सम्पन्न संघीय निर्वाचनमा पराजय व्यहोरेका अधिकांश व्यक्तिहरु नै उपनिर्वाचनमा पुनः उम्मेदवार बन्न आएकोले । भट्टराईको अभिव्यक्ति उनिहरुप्रती नै लक्षित रहेको सजिलै बुझ्न सकिन्छ।
- न्युज बहार संवाददाता