Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

शिक्षामन्त्री सुमना श्रेष्ठको प्रश्न : बेथितीका घटनामा संलग्नमाथि कस्तो कारबाही हुँदै छ?

  •   २ वर्ष अघि | २३ चैत्र २०८०, शुक्रबार

चैत २३, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा पछिल्लो समय देखिएको चार बेथितीका घटनाहरुमाथि शिक्षामन्त्री सुमना श्रेष्ठले चासो व्यक्त गरेकी छन । शिक्षामन्त्री सुमनाले यस विषयमा चासो राख्दै संलग्नमाथि कारबाहीको विवरण माग समेत गरेकी छन् ।

अनियमितता र बेथितीले विश्वविद्यालयको साख गिरेको भन्दै मन्त्री श्रेष्ठले संलग्नहरुमाथिको छानविन र कारबाहीको विवरण माग गरेकी हुन् ।

जनसंख्या तथा स्वास्थ्य र शिक्षाको आधार विषयको उत्तरपुस्तिका हराएको घटनाको विवरण उनले मागेकी छन् । त्यसैगरी त्रिविको स्नातकोत्तर तहको मानविकी तथा समाजशास्त्र संकायको अर्थशास्त्रको प्रश्नपत्रमा एउटै प्रश्न दुई ठाउँमा सोधिएको बारेमा उनले प्रश्नपत्र निर्माण संलग्नमाथिको कारबाहीको प्रगति विवरण पनि माग गरेकी छन् ।

त्यस्तै अर्को तर्फ इञ्जिनियरिङ संकायको अटोमोबाइल विषयमा पुरानो पाठ्यक्रमबाट प्रश्न सोधिएको विषयमा उनले कारबाहीको विवरण पेश गर्न भनेकी छन । 

  • न्युज बहार संवाददाता

थप