Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कांग्रेस नेता कोइरालाले गरे सच्चिन आग्रह

  •   ३ वर्ष अघि | २० असोज २०८०, शनिबार

असोज २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सच्चिन नसके कांग्रेसका लागि बाटो खाली गरिदिनुपर्ने नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले जातीय राज्य बनाउने, सडकमा जनता उतार्ने, लगायतका अराजक अभिव्यक्ति दिँदै हिँडेको बताउँदै यस्तो अभिव्यक्ति अत्यन्त गैरजिम्मेवार र अराजक हुने नेता कोइरालाले बताएका हुन ।

नेता कोइरालाले यही विषयमा बताए ‘उहाँ देशको, तपाई हाम्रो प्रधानमन्त्री हो की एउटा पार्टीको सभापति हो? पार्टीको सभापति हो भने उहाँले जे बोलेपनि हुन्छ। तर देशको प्रधानमन्त्रीले त्यस्तो गैर जिम्मेवार कुरा गर्न मिल्दैन।’

कोइरालाले भने,  ‘उहाँले २०८४ मा मलाई भोट देउ, माओवादीलाई जिताउ म जातीय राज्य दिन्छु भन्नुहुन्छ, के उहाँले राज्य खल्तीबाट निकालेर दिने हो र ?’

नेपाल बहुजातिय, बहुभाषिक  देश भएकाले जातीय राज्य दिन नसकिने बताउँदै उनले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन आग्रह समेत गरेका छन ।

कोइरालाले भने ‘यस्ता अभिव्यक्ति दिने यो सरकार सच्चिनुपर्छ। सच्चिन सक्दैन भने  छोड्नुपर्छ। यसको अर्को विकल्प छैन।’

थप