Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मलाई मात्रै होइन सबै नेतालाई समाउनुहोस्, तपाईं चाहिँ कहाँ जानु हुन्छ नि?: मोहनबहादुर बस्नेत

  •   १ वर्ष अघि | १८ असार २०८२, बुधबार

असार १८, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरूद्ध केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत  खनिएका छन्।

सानेपामा आज बुधबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै बस्नेतले महामन्त्री थापालाई लक्ष्य गर्दै धेरै महत्त्वकांक्षा बोकेर हिँड्नेहरू होस् गर्नु भनेका हुन्।

बस्नेतले महामन्त्री थापालाई सदनमा टेरामक्स लगायतका भ्रष्टाचार विषयमा बोलेर अख्तियार पठाउने गरेको आरोप लगाएका छन।

जेठ १ गते मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै मुद्दा दर्ता गरेको थियो।

सोही मुद्दामा विशेष अदालत काठमाडौँले असार १५ गते बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

यही प्रसंग उठाउँदै बस्नेतले महामन्त्री थापामाथि आक्रोश व्यक्त गरेका हुन्।

उनले आफूविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गर्नुमा महामन्त्री थापाको हात रहेको आरोपसमेत लगाएका छन। उनका अनुसार प्रतिशोधको राजनीतिले कसैलाई पनि छाड्ने छैन।

यस विषयमा बस्नेतले भने महामन्त्री गगनजी मलाई मात्रै होइनबालकृष्ण खाणलाई पनि समाउनुपर्छ भनेर अख्तियारमा लाग्नुभयो, मलाई मात्रै होइन सबै नेतालाई समाउनुहोस्, तपाईं चाहिँ कहाँ जानु हुन्छ नि! तपाईंको बारेमा हामीले भनिदिएको छैनौं। महामन्त्रीजीका बारेमा मसँग ठूलो फाइल छ, अहिले म धेरै भन्न चाहन्न, यहाँ कोही पनि चोखो छैन, प्रतिशोधको राजनीतिले कसैलाई पनि छाड्दैन।

  • न्युज बहार संवाददाता

थप