Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नागरिकको जीवन रक्षा गर्न नसक्ने मन्त्रीलाई पदमा बस्न कुनै हक छैन : ज्ञानेन्द्र शाही

  •   ११ महिना अघि | १ भदौ २०८२, आइतवार

भदौँ १, काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गरेका छन् ।

शाहीले इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारका लागि परराष्ट्र मन्त्रालयको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै प्रभावकारी पहल गर्न नसकेको र उनको परिवारको बिचल्ली भएको भन्दै मन्त्री राणाको राजिनामा माग गरेका हुन्।

आफ्नो सामाजिक सञ्जालमार्फत शाहीले परराष्ट्र मन्त्री र मन्त्रालयका कर्मचारीहरूको कडा आलोचना समेत गरेका छन । उनले मन्त्रालयका कर्मचारीहरूमा कूटनीतिक ज्ञानको अभाव रहेको र नागरिकको जीवन रक्षा तथा दुःखमा परेका नागरिकलाई सहयोग गर्न नसकेको आरोप पनि लगाएका छन्। 

शाहीले आफ्नो पोस्टमा लेखेका छन नागरिकको जीवन रक्षा गर्न नसक्ने, दुःखमा परेका नागरिकको घाउमा मल्हम लगाउन नसक्ने परराष्ट्र मन्त्री, आज देउवा राणा र परराष्ट्र मन्त्रालयका कर्मचारीलाई पदमा बसेको कुनै औचित्य छैन।’ 

  • न्युज बहार संवाददाता

थप