मंसिर ५, काठमाडौँ । अमेरिकी डलरको भाउ आज केही बढेको छ। आज मंगलबार
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार एक डलरको खरिद मूल्य १३३
रूपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६५ पैसा रहेको छ।
त्यस्तै गत
शुक्रबारदेखि युरोपियन युरोको मूल्य भने निरन्तर बढिरहेको छ । आज युरोको मूल्य ३३
पैसाले बढेको छ।
आज युरो
एकको खरिददर १४५ रूपैयाँ ३६ पैसा र बिक्रीदर १४६ रूपैयाँ ०१ पैसा पुगेको छ।
यसदिन क्यानेडियन डलरको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज
डलर एकको खरिदमा ९७ रूपैयाँ र बिक्रीदर ९७ रूपैयाँ ४३ पैसा तोकिएको छ।
आज अस्ट्रेलियन
डलर एकको खरिददर ८७ रूपैयाँ १७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५६ पैसा तोकिएको छ।
मंगलबार कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६
रूपैयाँ ६७ पैसा पाइनेछ। मंगलबारको लागि राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको
खरिददर ३५ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६४ पैसा तोकेको छ।
त्यसैगरी
आज मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ५१ पैसा र बिक्रीमा २८ रूपैयाँ ६३ पैसा
पाइनेछ।
युएई दिराम एकको खरिदमा आज ३६ रूपैयाँ २२ पैसा र बिक्रीमा ३६
रूपैयाँ ३९ पैसा पाइन्छ।
यसदिन कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ६७ पैसा र बिक्रीमा
४३३ रूपैयाँ ६२ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर भने ३५२ रूपैयाँ ९३
पैसा र बिक्रीदर ३५४ रूपैयाँ ५२ पैसा तोकिएको छ।
- न्युज बहार संवाददाता