जेठ १७, काठमाडौँ। आज बुधबार नेपाली स्थानिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
आज सुनको मुल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँ बढेर प्रतितोला एक लाख १२ हजार रुपैयाँ पुगेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज बुधबार स्थानिय बजारमा चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
- न्युज बहार संवाददाता