असार १२, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य घटेको छ।
सुनको
भाउ आज प्रतितोला सात सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख
४० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको
छ ।
आज बुधबार नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी प्रतितोला २५ रूपैयाँले घटेको
हो ।
आज चाँदी
प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
- न्युज बहार संवाददाता