साउन ५, काठमाडौँ। नेपाली बजारमा साताको अन्तिम दिन अर्थात् आज शुक्रबार सुन र चाँदी दुबैको मूल्य घटेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, नेपाली बजारमा आज शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १४ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता