फागुन ४, काठमाडौँ । शुक्रबार साताको अन्तिम दिन नेपाली बजारमा सुन
र चाँदी
दुबैको मूल्य बढेको छ।
सुनको
मूल्य यसदिन प्रतितोला छ सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १७ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ।
चाँदी शुक्रबार प्रतितोला ३५ रूपैयाँले बढेर १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता