जेठ २५, काठमाडौँ। नेपाली बजारमा आज बिहीबार सुन–चाँदी दुबैको मूल्य घटेको छ।
सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो।
आज स्थानिय बजारमा छापावाल सुन प्रतितोला एक लाख ११ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज बिहीबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता