फागुन ८, काठमाडौं । गत सोमबार यातायात
व्यवसायीले बालाजुमा गरेको प्रदर्शन उग्र बनेर क्षति भएको घटनामा छानबिन गर्न गठित
भएको समितिले प्रतिवेदन छानबिन सकेर प्रतिवेदन बुझाएको छ ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहोनीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वको ५ सदस्यीय छानबिन समितिले प्रतिवेदन बुझाएको हो।
एक सदस्यले प्रतिवेदनमा यातायात व्यवसायीले गोंगबुमा गरेको आन्दोलनमा भएको क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे उल्लेख गरिएको बताएका छन त्यस्तै घटनाक्रमको विश्लेषणसहित दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई विभागीय कारबाही गर्न समेत सिफारिस गरिएको ती सदस्यले बताएका छन ।
उनका
अनुसार प्रहरी वृत्त, सोह्रखुट्टेका
डीएसपी गणेशबहादुर बमलाई, प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्टलाई कारबाहीको
सिफारिस गरिएको छ । दुवैको जिम्मेवारी निर्वाह चित्तबुझ्दो नभएको छानबिन समितिको
ठहर छ । विष्टलाई उपत्यका प्रहरी कार्यालयले सोमबारै जिम्मेवारीबाट हटाइसकेको छ।