फागुन
१८, काठमाडौँ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। बिहीबार
छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
अघिल्लो दिन बुधबार सुनको मूल्य तोलामा १ लाख १ हजार
८०० रुपैयाँमा कारोबार भएको थियो भने आज ८०० रुपैयाँले बढेर १ लाख २ हजार ६००
रुपैयाँ पुगेको हो।
त्यसैगरी
तेजावी सुन तोलामा १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार
चाँदीको मूल्य तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा आज
चाँदिको मुल्य १५ रुपैयाँले बढेको हो। बुधबार चाँदी तोलामा १२५५ रुपैयाँमा कारोबार
भएको थियो ।
- न्युज बहार संवाददाता