Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

असोज २१ देखी देशभरका ९८ स्थानमा दशैं सहुलियतपूर्ण पसल सञ्चालनमा आउने

  •   ३ वर्ष अघि | ९ असोज २०८०, मङ्लबार

असोज ९, काठमाडौँ । २१ असोजदेखि दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर सरकारले सहुलियतपूर्ण पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज मंगलबार बसेको बैठकले सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र ठाकुरले भने, ‘२१ असोजदेखि दशैं, तिहार र छठ पर्वका लागि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय भएको छ, सहुलियतपूर्ण पसलमा उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउन सक्ने छन।’

सहुलियतपूर्ण पसल मंसिर ३ गते सम्म सञ्चालन हुने छ भने मन्त्रालयले यस पसलमा २२ प्रकारका उपभोग्य वस्तुमा छुट पाइने जनाएको छ ।

साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान गरी तीन वटा निकायले ९८ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउने मन्त्रालयले उल्लेख गरेको छ ।

  • न्युज बहार संवाददाता

थप