खोला उत्खनन कार्यलाइ उच्च अदालत पाटनले कानुन विपरीत भएको ठहर गरेको
छ । न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त
इजलासमा बुधबार काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन अभियान
गैरकानुनी भन्दै जग्गाधनीहरुको पक्षमा फैसला गरेको छ । टुकुचा उत्खनन गर्न हात्तिसार
क्षेत्रमा डोजर चलाउने काठमाडौं महानगरको अभियान रोक्न उच्च अदालत पाटनले अन्तरिम
आदेश दिएको छ।
काठमाडौं महानगरपालिकाले १३० वर्षअघि भूमिगत गरिएको टुकुचा खोला उत्खनन गर्न सुरु गरेको थियो । हात्तिसार क्षेत्रका शारदा मानन्धर, किरण प्रकाश शाखसहित २१ घरधनीले महानगरले आफ्नो घरजग्गामा डोजर चलाउन थालेपछि त्यसलाई रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दिएका थिए।
जस अन्तर्गत जय नेपाल फिल्म हललगायत विभिन्न व्यक्ति तथा संस्थाको स्वामित्वमा रहेको जग्गा खनेर टुकुचा खोलालाई सतहमा फर्काउन खोजिएको थियो । यो केसमा लिखित फैसला भने बिहीबार आउने उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।