Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

के रवि लामिछानेले उप-निर्वाचनमा उम्मेदवारी दिन पाउँछन, कस्तो छ कानुनी व्यवस्था ?

१० वैशाख २०८० मा उप निर्वाचन हुदै

  •   ४ वर्ष अघि | २९ माघ २०७९, आइतवार

माघ २९, काठमाडौं । १० वैशाख २०८० मा निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचनको घोषणा गरेको छ । यस घोषणा सँगै अब सबैको मनमा प्रश्न उब्जिएको छ कि रवि लामिछाने पुन चितवन–२ मा हुने उपनिर्वाचनमा उम्मेदवार हुन पाउँछन वा पाउँदैनन्? मंसिर ४ को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई त्यस क्षेत्रका जनताले भारी मतान्तरले निर्वाचित गराएका थिए। नागरिकताको कारण खारेजिको कारणल सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि उक्त क्षेत्रको रिक्त पदको लागी बैशाख १० गते उप निर्वाचन गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ ।

गएको आइतबार पार्टीको बैठक पछी राजधानीमा आयोजित पत्रकार सम्मेलनमा रवि लामिछानेले आफू फेरि उप निर्वाचनमा चितवन–२ मा उम्मेदवार हुने घोषणा गरेका थिए । सर्वोच्च अदालतले उनको नागरिता खारेज गरेको फैसलाको पर्सिपल्ट नै उनले काठमाडौं जिल्ला प्रशासन कार्यालय बाट पुन नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन् । नागरिकताको प्रमाणपत्र लिइसकेका हुनाले उनी फेरि उम्मेदवार बन्न पाउनेछन् ।

उनि माथी अहिले झुटा विवरण पेश गरि राहदानी लिएको आरोप लागी रहेको छ भने रवि लामिछानेमाथि जिल्ला प्रहरी परिसर, काठमाडौंले सोही विषयमा अनुसन्धान सुरु गरेको छ । केही दिन अगाडी परेको उजुरिमा सरकारी वकिलको कार्यालय, काठमाडौंले सम्बन्धित तीन निकायबाट कागजात मगाएर उनीविरुद्धको उजुरीको वास्तविकता परीक्षण गर्दैछ । कतिपयले यही कारणले उनले उम्मेदवार दिन नपाउने त होइन भन्ने आशंका समेत व्यक्त हरेका छन। तर यस मामिलामा जानकारहरु भने लामिछानेले फेरी उम्मेदवार बनि बैशाखमा हुन लागेको उप निर्वाचनामा चुनावमा उठ्न पाउने कुरा बताउँछन ।

महान्यायाधिवक्ता कार्यालयका एक सरकारी वकिलले भने “उहाँमाथि प्रहरीबाट अहिले पहिलो चरणको अनुसन्धान मात्रै भएको हो, भोली गएर अदालतमा मुद्दै चल्दापनि उनलाई उम्मेद्वार हुन बाधा पुग्दैन अदालतबाट दोषी ठहर हुदा पनि त्यसविरुद्ध अझ माथिल्लो अदालतमा जाने सुविधा रहदासम्म पनि सम्बन्धित व्यक्ति उम्मेद्वार हुन बाधा पुग्दैन, सबै पक्षका अदालतबाट दोषी ठहर भई त्यो फैसला नै अन्तिम भएमा मात्र हो उम्मेद्वार हुन नपाउने व्यवस्था ऐनमा छ" । यसको मतलब रवि लामिछानेलाई उप निर्वाचनमा उम्मेदवारी दिन अहिलेको उजुरी र उनी माथि भइरहेको अनुसन्धानले रोकदैन ।

थप