असार २९, काठमाडौँ। शुक्रबार नेपाली बजारमा सुनको मुल्य सय रुपैयाँले बढ्दा चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि
चाँदीको मूल्यले गत जेठ २८ गते प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँ पुगेर नयाँ
रेकर्ड बनेको थियो।
- न्युज बहार संवाददाता