Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुन र चाँदीको मुल्य नयाँ रेकर्ड बनाउने दौडमा, दुबैको मुल्य हाल सम्मकै उच्च

  •   २ वर्ष अघि | २२ चैत्र २०८०, बिहिबार

चैत २२,  काठमाडौँ । आज बिहीबार पनि नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ ।  सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आज सुन प्रतितोला पछिल्लो रेकर्डभन्दा एक हजार रूपैयाँ बढेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ३४ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज बिहीबार नेपाली बजारमा चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

आज चाँदी प्रतितोला ४० रूपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ६ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ । 

  • न्युज बहार संवाददाता

थप