शुभ बिहानी, आज २०८० साल भदौ १३ गते, साउन शुक्ल चतुर्दशी तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज चलाखीपूर्ण
बोलीले गरेको कार्य सिद्ध होला। चिताएको कामले तीव्रता हासिल गर्नेछ। वित्तिय
संस्थाबाट सहयोग पाइनेछ तथा शुभ समाचार सुन्न पाइएनेछ।
वृष – तपाइको आज श्रमको उचित मूल्याङ्कन होला। साथी भाइको
भेटघाटले मन प्रफुल्ल हुनेछ। आर्थिक लाभ रहने तथा कुनै कुराले मनमा शान्ति छाउनेछ।
मिथुन - तपाई आज महत्त्वपूर्ण अवसर गुम्न सक्ला। आफूलाई कमजोर
भएको अनुभूति होला। गरेका कार्यमा ढिलासुस्ती हुने र साँझमा धन हात पर्नसक्ने
सम्भावना छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज धर्मकर्ममा
रुचि बढ्ला। गरेका कामबाट राम्रै लाभ होला। रोकिएका अधुरा कार्यको थालनी हुनुका
साथै नयाँ र शुभ समाचार पनि सुन्न पाइनेछ।
सिंह – तपाईको आज
स्वादिष्ट भोजन पाइने, आत्मबल बढाएर काम गरेमा सफल भइने, प्रेम सम्बन्धमा मधुरता
छाउने र रोकिएको धन हात पर्ने समय छ।
कन्या - कन्या राशीका तपाईको आज रोकिएको धन हात पर्नसक्छ। मिष्ठान्न भोजन
प्राप्ति होला। मनोरञ्जनमा सहभागी भइनेछ। साँझमा पैसा खर्च हुने र अतिथिको सेवा पनि
हुने योग छ।
तुला - तपाइको आज कार्यमा
अवरोध आउन सक्छ। मालसामान हराउने वा नोक्सानी होला। दिनको उत्तरार्धमा बढी धन खर्च
होला, तर लामो यात्रा सफल होला।
वृश्चिक – तपाईको आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ने, कार्य
सिद्धि हुने, मनमा उत्साहका साथै बोली बिक्ने र शुभकार्यको चर्चा चल्ने समय छ।
धनु – तपाइको आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान।
पठनपाठनमा प्रगति होला। आफन्तको सहयोग प्राप्त हुनुका साथै वैदेशिक क्षेत्रको काम
अघि बढ्ने देखिन्छ।
मकर - मकर राशीका तपाइको आज आज
शुभ कार्यमा सरिक भइएला। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर आउनसक्छ। श्रमको उचित
मूल्याङ्कन होला। अचल सम्पत्ति हात पर्ने योग रहेको छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज आफन्तजन सँग मनमुटाब
बढ्नसक्छ। विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्ला। आफन्त
तथा विश्वास गरेकैहरुबाट धोका होला।
मिन –
तपाइको आज वित्तिय
संस्था बाट सहयोग पाइएला। विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ। विश्वास गरेकाले साथ
दिने र शुभकार्यको चर्चा पनि हुनेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता