शुभ बिहानी, आज २०८० साल असार ३ गते, असार कृष्ण औँशी तिथी आइतबार। न्युज
बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा
मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि
हुनेहरुको लागी आज नयाँनयाँ ज्ञान सिक्ने मौका पाइनेछ, धर्मकर्म तथा
समाजसेवामा मन जानेछ भने लगनशीलताले कामहरू अगाडि बढ्ने देखिन्छन।
वृष - तपाईको
आज चिताएको काममा तीव्रता हाँसिल होला। सामाजिक
क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने र परिश्रमअनुसार उपलब्धि पनि राम्रै हुनेछ।
मिथुन - तपाईको
आज शुभकार्यको चर्चा होला। मान्यजनसँग भेटघाट
हुने र शत्रुमाथि विजय प्राप्त हुने, श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जाने
समय छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज दबाब र तनाव बढेको महसुस हुनुका साथै मनमा निराशा
र शरीरमा आलस्य आउन सक्छ। प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ।
सिंह – तपाईको आज
बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने, साँझपख शुभ समाचार आउने र एकपछि अर्को अवसर
आउनाले मन प्रसन्न रहने योग छ।
कन्या - कन्या राशीका आज मनमा प्रसन्नता छाउला। विद्या र बुद्धिको विकास
होला। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। शुभकार्यको चर्चा पनि होला।
तुला - तपाइको आज
बौद्धिकताको विकास हुनेछ। आत्मविश्वास र
पराक्रममा वृद्धि हुने र राजनैतिक क्षेत्रमा र न्यायिक कार्यमा सफलता मिल्ला।
वृश्चिक – तपाईको आज छोटो यात्रा भएपनि सफल नै हुन्छ, तर लामो यात्राबाट भने हानी होला। मानसम्मान प्राप्त
हुने सम्भावना रहेको छ। शैक्षिक क्षेत्रबाट पनि राम्रो नै होला।
धनु – तपाइको आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय छ।
कूटनीतिक नियोगको सहयोग मिल्नसक्छ। पुनर्मिलनको योग पनि छ।
मकर - मकर राशीका आज सांस्कृतिक
क्षेत्रमा रुचि बढ्ने र छोटो दुरीको लाभदायक यात्रा हुनुका साथै इच्छा र आकाङ्क्षा
पूर्ण हुने तथा मित्र वा आफन्तको सहयोग मिल्ने समय छ।
कुम्भ - कुम्भ
राशी कला र गलाको प्रभाव
बढेर जाला। सामाजिक मर्यादामा अभिवृद्धि होला। भाग्यले विभिन्न अवसर देला। विपरीत
वर्ग प्रति आकर्षण बढ्न सक्छ।
मिन –
तपाइको आज जिद्दीपनाले
गर्दा काम बिग्रने डर हुनेछ। प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्ने र सौन्दर्यतामा
धन खर्च हुने तथा मुद्दा मामिला आउन सक्ने योग छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता