बैशाख
१४, काठमाडौँ। एसिसी प्रिमियर कपअन्तर्गत आज भइरहेको समूह 'ए' को अन्तिम खेलमा नेपालले कतारलाई १५८ रनको लक्ष्य दिएको छ।
सुरुवातदेखि
नै खराब ब्याटिङ गरेको नेपाल ४०.२ ओभरमा १५७ रन बनाएर अलआउट भएको छ।
नेपालका लागि बलर सन्दीप लामिछानेले सबैभन्दा बढी नटआउट ४२ रन जोडेका छन, उनले ५८ बलमा ६ चौका प्रहार गरेका हुन।
नेपालले कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हो भने चार ओभर चल्दै गर्दा नै नेपालको दुई विकेट गुमीसकेको थियो।
- न्युज बहार संवाददाता