फागुन १७, काठमाडौँ । बिहीबार नेपालले पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग प्रतिस्पर्धा गर्ने छ ।
यस प्रतियोगिताको फाइनल खेल साउदी अरेबियाको जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ । यो खेल नेपाली समय अनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
आज हुने फाइनल खेलमा नेपालकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ अनुपस्थित रहने जनाइएको छ । सावित्रा फ्रान्सेली क्लब ईभी गुइनगाम्पबाट व्यावसायिक फुटबल खेल्छिन् । त्यसैले वाफ च्याम्पियनसिपको फाइनलअघि नै उनी फ्रान्स फर्कने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
- न्युज बहार संवाददाता