Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

टी-२० सिरिज अन्तर्गत आज नेपालको ‘ए’ ले आयरल्याण्ड विरूद्ध दोस्रो खेल खेल्दै

  •   २ वर्ष अघि | १७ चैत्र २०८०, शनिबार

चैत १७, काठमाडौँ । आयरल्याण्ड विरूद्धको टी-२० सिरिज अन्तर्गत आज नेपालको ‘ए’ टिमले दोस्रो खेल खेल्दैछ।

आजको खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजेदेखि सुरू हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार वर्षाका कारण खेल रद्द भएपछि खेल तालिका परिमार्जन गरेको थियो।

सोही तालिका अनुसार शुक्रबार टी-२० सिरिजको पहिलो खेल हिजो भएको थियो।

नेपाल 'ए'  आफ्नो पहिलो खेलमा २१ रनले पराजित भएको थियो।

नेपाल 'ए'का लागि लोकेश बमले शतक र आरिफ शेखको ४९ रन बनाएका थिए । तर २२३ रनको लक्ष्य पछ्याएको नेपालले २०१ रनमात्रै बनाउन सफल भएको थियो ।

नेपाल 'ए'ले आजको खेल जित्न सके सिरिज जित्ने सम्भावना कायम रहनेछ भने सोमबार सिरिजको अन्तिम खेल हुनेछ।

 

  • न्युज बहार संवाददाता

थप