Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज नेपाल सुपर लिग अन्तर्गत वीरगंज युनाइटेड र स्पोर्टिङ इलामबीच खेल हुँदै

  •   ३ वर्ष अघि | २७ मंसिर २०८०, बुधबार

मंसिर २७, काठमाडौँ। आज नेपाल सुपर लिग अन्तर्गत स्पोर्टिङ वीरगंज युनाइटेड  र इलामबीच खेल हुँदैछ । आजको खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ पाँच बजेदेखी सुरु हुनेछ ।

अंक तालिकामा यसै सिजन थपिएका यी दुई नयाँ टोली पुछारमा छन् । त्यसैले दुवैका लागि शीर्ष चारमा रहँदै प्लेअफ पुग्नका लागी आजको खेल जित्नै पर्ने अवस्थामा छ ।

इलाम आफ्नो पाँच खेलबाट एक जित र एक बराबरीको नतिजासँगै ४ अंक जोड्दा आठौँ स्थानमा रहेको छ । इलामले तीन खेलमा हार बेहोरेको छ । इलाम आज पराजित भएमा उसको सम्भावना लगभग सकिनेछ ।

त्यस्तै यस सिजन जितविहीन रहेको एक्लो टोली वीरगंज युनाइटेड चार खेलबाट दुई बराबरी र दुई हारको नतिजासँगै दुई अंक मात्र छ भने आजको खेलमा पराजित भए वीरगंज प्लेअफ होडबाट बाहिरिनेछ ।

  • न्युज बहार संवाददाता

थप