Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज नेपाली यू–१९ क्रिकेट टोलीले स्कटल्यान्डको यू–१९ टोलीसँग पहिलो औपचारिक अभ्यास खेल खेल्दै

  •   ३ वर्ष अघि | २८ पुस २०८०, शनिबार

पुस २८, काठमाडौँ । नेपाली क्रिकेट टोली आईसीसी यू–१९ विश्वकप खेल्न हाल दक्षिण अफ्रिकामा रहेको छ । नेपाली टोलिले आज शनिबार आफ्नो पहिलो औपचारिक अभ्यास खेल खेल्नेछ । नेपालले विश्वकप सुरु हुनुअघि स्कटल्यान्डको यू–१९ टोलीसँग औपचारिक रूपमा पहिलो अभ्यास खेल खेल्न लागेको हो ।

नेपाली समयअनुसार, नेपाल र स्टकल्यान्डबिचको पहिलो अभ्यास खेल आज दिउँसो १:४५ बजे सुरु हुनेछ । सोही दिन अर्थात आज नै अमेरिका र नामिबिया, पाकिस्तान र  दक्षिण अफ्रिका तथा भारत र अस्ट्रेलियाबिच पनि अभ्यास खेल हुने छ ।

त्यसपछि यू–१९ विश्वकप जनवरी १९ तारिखदेखि सुरु हुनेछ । 

  • न्युज बहार संवाददाता

थप