बैशाख
१५, काठमाडौँ । आज शनिबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० प्रतियोगिता खेल्दै छ । आजको
खेल नेपाली समय अनुसार, दिउँसो
१२ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ भने खेल काठमाडौँको कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय
क्रिकेट मैदानमा हुनेछ ।
वेस्ट
इन्डिजको ‘ए’ टोली नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न बुधबार
काठमाडौँ आइपुगेको थियो ।
शुक्रबार
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उक्त क्यारेबियन टोलीका खेलाडीले नियमित
अभ्यास पनि गरेका छन ।
- न्युज बहार संवाददाता