Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एनएससी–काभा वुमन्स भलिबल च्यालेन्ज कपमा आज नेपाल र बंगलादेश भिड्दै।

  •   ३ वर्ष अघि | ९ जेष्ठ २०८०, मङ्लबार

जेठ ९, काठमाडौँ । एनएससी–काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ अन्तरगत आज नेपालले आफ्नो दोस्रो खेल बंगलादेशसँग खेल्ने छ।

समूह ए मा रहेको नेपालले आजको खेलमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्य राखेको छ । कपको पहिलो खेलमा नेपाली टोलीले किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ ।

यता आजको प्रतिस्पर्धी बंगलादेश भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो । तुलनात्मक रुपमा कमजोर मानिएको टिम बंगलादेशविरुद्ध ज नेपालले सहज जित निकाल्दै अन्तिम खेलअघि नै नेपालले सेमिफाइनलमा स्थान बनाउन सक्ने सम्भावना रहेको छ।

  • न्युज बहार संवाददाता

थप