Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बर्षाका कारण रोकिएको खेल यसरी हुन सक्छ।

  •   ४ वर्ष अघि | १८ बैशाख २०८०, सोमवार

बैशाख १८, काठमाडौँ। आज भइरहेको एसिसी प्रिमियर कपको अन्तिम खेल वर्षाका कारण रोकिएको छ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सोमबार नेपाल र युएईबिच पाधिको लागी प्रतिस्पर्धा हुदै थियो। नेपालले पहिले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षति सहित १०६ रन बनाउँदा खेल वर्षाका कारण पुर्ण रुपमा रोकिएको छ।

अब आजका लागी खेल हुने सम्भावना देखिएमा ओभर घटाएर पुनः केल सुरु गरिने छ।

यसको लागी दिउँसो ३ बजेसम्म पानी रोकिएर २० ओभरसम्मको खेल हुन सक्ने स्थिति आयो भने आजै खेल हुने छ।

तर निरन्तर वर्षाका कारण त्रिवि मैदानको आउट फिल्डमा पानी जमेको हुनाले मैदान हिलो भएको छ र आज खेल हुने सम्भावना पनि न्यून रहेको छ। यही कारणले गर्दा आज खेल हुन नसकेको अवस्थामा भोलि रिजर्भ डेसम्मका लागि स्थगित हुनेछ।यसरी भोलिका लागि खेल स्थगित भए आज जहाँ रोकिएको छ त्यहीबाट खेल सुरू हुनेछ।

आज ओभर घटाएर पनि खेल हुन सकेन भने भोलि आजकै स्थितिबाट युएईको (१०६/९- २७.३ ओभर) ब्याटिङ सुरू हुने नेपाल क्रिकेट संघका क्रिकेट म्यानेजर विनोद दासले बताएका छन ।

उनले भने ‘भोलिको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइनेछ। ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ, सुपर ओभर पनि सम्भव नभएको स्थितिमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लागाइनेछ।  

यदी अन्तिममा वरियताको आधारमा च्याम्पियनको टुंगो लगाउने स्थीतिमा खेल पुग्यो भने अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन भई एसिया कपमा छनोट हुनेछ।

  • न्युज बहार संवाददाता

थप