पुस १८, काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । कोशीलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधी हात पारेको हो ।
कोशीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ११५ रनको लक्ष्य पछ्याएको थियो भने कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन मात्र बनाउन सफल भयो ।
एपीएफका लागि करुणा भण्डारी र सीता राना मगरले समान एक एक विकेट लिएका छन ।
इन्दु बर्माले टस जितेर पहिले ब्याटिङ गरेको एपीएफका लागि सर्वाधिक ५३ बनाउन सफल भइन ।
- न्युज बहार संवाददाता