Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आईसीसी क्रिकेट विश्व कप लिग–२ का खेल आजदेखि, आज नेपाल र नामिबिया बिच प्रतिस्पर्धा हुँदै

  •   ३ वर्ष अघि | ३ फाल्गुन २०८०, बिहिबार

फागुन ३, काठमाडौँ । बिहीबारदेखि नेपालमा आईसीसी क्रिकेट विश्व कप लिग–२ को पहिलो शृङ्खला सुरु हुँदै छ । यस शृङ्खलामा नामिबिया, नेपाल र नेदरल्यान्ड्स सहभागी रहनेछन ।

हालै घरेलु मैदानमा सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपाल ३–० ले विजयी भएको थियो । क्यानडासँगको ‘क्लिन स्विप’ जितपछी उत्साही देखिएको नेपाली टोलीले लिग–२ को पहिलो खेल आज बिहीबार नामिबियासँग खेल्नेछ।

त्यसपछि नेदरल्यान्ड्ससँग नेपालले दोस्रो खेल शनिबार खेल्नेछ । लिग–२ का खेलहरु कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छन् । सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता स्वरुप लिग–२ शृङ्खला हो ।

  • न्युज बहार संवाददाता

थप