Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आजदेखि आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण सुरु हुँदै

  •   ३ वर्ष अघि | ५ माघ २०८०, शुक्रबार

माघ ५, काठमाडौँ । शुक्रबारदेखि दक्षिण अफ्रिकामा आईसीसी यू१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण सुरु हुँदैछ । पहिलो संस्करण पटक अस्ट्रेलियामा सन् १९८८ मा आयोजना यो प्रतियोगिताको नाम युथ क्रिकेट वल्र्ड कपराखिएको थियो ।

आज शुक्रबार प्रतियोगिताको पहिलो दिन दक्षिण अफ्रिका र वेस्ट इन्डिज र अमेरिका र आयरल्यान्डबिच खेल हुनेछ । नेपालसहित १६ वटा टोलीको सहभागिता यू१९ विश्वकपको १५औँ संस्करणमा रहेको छ भने प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह डीमा नेपाल परेको छ । 

जनवरी २१ तारिखमा नेपालले आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्नेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल जनवरी २४ तारिखमा पाकिस्तानसँग खेल्नेछ । यसैगरी नेपालले जनवरी २७ तारिखमा तेस्रो खेल अफगानिस्तानसँग खेल्नेछ । 

  • न्युज बहार संवाददाता

थप