फागुन
१८, काठमाडौँ । आईसीसी
विश्वकप लिग–२ अन्तर्गत
यूएई सिरिजमा
नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। नेपालले यूएईस्थित दुबई
अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो ओभरमै सफलता हात पारेको हो।
नेपालका
लागि करण केसीले पहिलो ओभरमै विकेट लिएका छन। केसीले मोहम्मद वासिमको विकेट लिएका
हुन्। करणले पहिलो ओभरमा मेडन ओभर फाल्दै १ विकेट लिएका छन जुन नेपालको लागि ठुलो
सफतला हुने देखिएको छ।
घरेलु
टोलीविरुद्ध नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय
गरेका थिए। रोहितले लगातार छैठौं पटक टस जितेका हुन्।
मौसम
ढकाल (श्याम) घाइते भएपछि आज नेपाली टोलीमा राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप
लामिछाने पनि खेल्दैछन्। घाइते भएपछि
सन्दीप उनको स्थानमा खेल्न लागेका हुन्।
अभ्यास
गर्ने क्रममा काँधमा चोट लागेर घाइते भएका मौसमको स्थान सन्दीपले लिएका हुन्।
सर्वोच्च
अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएपछि उनी हिजो बिहिबार युएई पुगेका हुन्। आईसीसीले सन्दीपलाई बिहीबार नै टोलीमा
खेल्न स्वीकृतिसमेत दिएको थियो।
- न्युज बहार संवाददाता