चैत २८ चितवन । चितवनको भरतपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिनेबारेमा अहिलेसम्म कुनै निर्णय नभएको पाइएको छ ।
२० चैतमा बसेको मन्त्रिपरिषद बैठकले रंगशालाको स्वामित्व सरकारले लिने र १२ करोड रुपैयाँ भुक्तानी दिने निर्णय भएको खबरहरु सञ्चार माध्यमहरुमा सार्वजनिक भएको थियो ।
तर सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले २० गतेको मन्त्रीपरिषदको बैठकमा गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला सरकारले जिम्मेवारी लिएर बनाउनुपर्छ भन्ने बारेमा छलफल मात्रै भएको र यस विषयमा कुनै निर्णय मन्त्रीपरिषद्बाट नभएको जानकारी गराएकी छिन ।
खेलकुद मन्त्रालयबाट रंगशाला जिम्मा लिएर सरकारले बनाउने प्रस्तावसहितको मोडालिटी आएपछि मात्रै यो बारेमा मन्त्रीपरिषद्ले आवश्यक निर्णय लिने सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी गराएकी छिन ।
- न्युज बहार संवाददाता