Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एसएमएस फ्रेन्डसिप : समूह चरणको अन्तिम खेलमा नेपालले बरोडासँग खेल्दै

  •   २ वर्ष अघि | २३ चैत्र २०८०, शुक्रबार

चैत २३, काठमाडौँ। एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाली क्रिकेट टोलीले समूह चरणको अन्तिम खेलमा बरोडा क्रिकेट एसोसिएसनसँग प्रतिस्पर्धा गर्नेछ । आजको खेल गुजरातस्थित वापीमा दिउँसो २:४५ बजे सुरु हुनेछ ।

नेपाल एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगिसकेको छ । जितविहीन रहँदै प्रतियोगिताबाट बरोडा भने बाहिरिइसकेको छ ।

नेपालले पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई र दोस्रो खेलमा बरोडालाई पराजित गरेको थियो। आफ्नो तेस्रो खेलमा नेपालले बुधबार गुजरातलाई पराजित गरेको थियो । नेपाल एक खेल अगावै फाइनलमा पुगिसकेको छ । नेपाल ६ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ । 

  • न्युज बहार संवाददाता

थप