Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

शार्दुल ठाकुरको शानदार ब्याटिङले दिलायो कोलकता नाइट राइडर्सलाई सिजनको पहिलो जित।

  •   ४ वर्ष अघि | २४ चैत्र २०७९, शुक्रबार

चैत २४, काठमाडौं । आईपीएल- इन्डियन प्रिमियर लिग २०२३ को बुधबार भएको खेलमा शार्दुल ठाकुरले शानदार ब्याटिङ अनि स्पीनरहरुले घातक बलिङ गरेपछि कोलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई फराकिलो रनले पराजित गरेको छ। केकेआरले आरसिबीलाई ८१ रनले पराजित गरेको छ ।

बिहीबार इडन गार्डेन घरेलु मैदानमा जित निकाल्ने क्रममा कोलकाताका लागि शार्दुलले आक्रामक ब्याटिङ गर्दै २९ बलमै ६८ रन बनाएका हुन । बलिङमा वरुण चक्रवर्तीले ४ तथा यसै खेलबाट डेब्यु गरेका सुयास शर्माले ३ र सुनिल नारिनले २ विकेट लिएका थिए ।

कोलकाताले यो सिजनको पहिलो जितपछि दुई खेलबाट २ अंक जोडेको छ । पहिलो खेलमा मुम्बईलाई हराएको बेंगलोरको भने यो पहिलो हार हो । अंक तालिकामा बेंगलोरको पनि २ अंक रहेको छ।

  • न्युज बहार संवाददाता

थप