Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अन्तत फुकुवा भयो सन्दिप लामिछाने माथिको निलम्बन । नेपाल भित्र क्रिकेट खेल्न पाउने ।

नेपालभित्र क्रिकेट खेल्न पाउने

  •   ४ वर्ष अघि | १८ माघ २०७९, बुधबार

माघ १८, पोखरा । क्यान-नेपाल क्रिकेट संघको बोर्ड बैठकले बलात्कार अभियोग लागेका युवा क्रिकेटर तथा राष्ट्रिय टोलीका पुर्व कप्तान समेत रहेका सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। पोखरामा बसेको क्यानको बोर्ड बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्। क्यान बैठकको निर्णय नं. ५ मा भनिएको छ, ‘अनुशासन उल्लंघनको कारबाहीमा परी निलम्बित राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरियो।’ 

सन्दिप लामिछानेले क्रिकेट खेल्न पाउँ भन्दै क्यानमा निवेदन दिएकाले खेल्न दिने निर्णय गरेको बोर्डका एक सदस्यले बताए। ती बोर्ड सदस्यले भने ‘उहाँ (लामिछाने)ले क्रिकेट खेल्न पाउँ भनेर निवेदन दिनुभएको थियो, हामीले कानुन व्यवसायीसँग परामर्श गरेर सर्वसम्मत उहाँको निलम्बन फुकुवा गरेका छौं’, ‘उहाँले अब नेपालभित्र क्रिकेट खेल्न पाउनुहुन्छ।’ तर निलम्बन फुकुवा भएपनि लामिछाने तत्काल राष्ट्रिय टिममा समावेश नहुने ति सदस्यले बताए।

सन्दिप लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै नाबालिग भनिएकी ऐक युवतीले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।त्यतिबेला नेपाली क्रिकेट टिमको कप्तानसमेत रहेका लामिछानेलाई क्यानले भदौ २३ गते निलम्बन गरेको थियो। सन्दिपले भने बलात्कारको आरोप अस्वीकार गरेका छन, नगरकोट घुम्न गएको, होटलमा रात बिताएको चाहिं स्विकारेका छन्। तर, यौनसम्बन्ध भने नराखेको भन्दै आफ्नो बचाउ गरिरहेका छन्।

यता सन्दिप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश खारेज गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा मंगलबार निवेदन दर्ता गराइसकेको छ । 

थप